नयाँ ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना ः अध्यक्ष केडिया

सरकारले ल्याएको कर नीतिको विरोध गर्दै व्यापारीहरुद्वारा र्‍याली प्रदर्शन

25

संतोष रन्जितकार
वीरगन्ज, ५ साउन ।
सरकारले ल्याएको नयाँ कर नीतिको विरोधमा वीरगन्जका व्यापारीहरुले आईतबार विरोध र्‍याली निकालेका छन् । उद्योग वाणिज्य संघ वीरगन्जको अगुवाइमा निकालिएको विरोध र्‍यालीका सहभागीले वीरगन्ज महानगरपालिको परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको विरोध गरेका थिए ।
वीरगन्जको उद्योग वाणिज्य संघको कार्यालयबाट निकालिएको र्‍याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सरकारले ल्याएको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना गरेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडीयाले बताए ।
आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको ॅसमृद्ध नेपाल सुखी नेपाली’ नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको सट्टा ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारीहरुको आरोप छ । नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारीक ऐन परिमार्जन तथा संशोधन गरिनुपर्ने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष केडीयाले बताए ।
त्यसैगरी बाराको जीतपुर सिमरामा उद्योगी व्यावसायीहरुले प्रर्दशन गरेका छन् । उद्योगी व्यवसायीहरुले सरकारले लागु गरेको एक हजारभन्दा माथीको भुक्तानीमा प्यान अनिवार्य, ढुवानीमा लगाईएको भ्याट, सवारी साधन माथीको ई–लकि· प्रणाली लगायतका नियमहरु खारेजीको माग समेत गरेका हुन् ।
सरकारले चालु आर्थिक वर्षबाट लागु गरेका उक्त ऐन अव्यवहारिक भएको भन्दै त्यसको बिरोधमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले प्रशासन मार्फत अर्थमन्त्रिलाई ज्ञापन पत्र समेत बुझाएको हो ।
नगर उद्योग वाणिज्य संघ जीतपुरसिमरा उपमहानगरको अगुवाईमा भएको प्रदर्शनमा यातायात तथा ढुवानी व्यवसायी एवंम् यातायात मजदुर संघर्ष समिती र स्वतन्त्र चालक मजदुर संघले पनी एक्यबद्धता जनाउँदै प्रदर्शनमा सहभागी भई बिरोध र नारा जुलुस गरेका थिए ।
सरकारले साउन एक गते देखी लागु गरेका ऐन नियमहरुले निजि क्षेत्रमा अन्योल सिर्जना गरेको भन्दै व्यवसायीहरुले सोको स्थगन तथा खारेजीको माग गरेका छन् ।
देशको प्रमुख संयन्त्रका रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवंम् सहज वातावरण सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशिल तुल्याउँन सरकारी स्तरबाट सहजीकरण हुनु पर्नेमा सो को ठिक बिपरित ऐन नियमले बाँध्ने काम भएको भन्दै उनीहरुले सरकारको यो कदमले निजी क्षेत्र नराम्रोसँग प्रभावित भएको बताएका छन् ।

आन्दोलित व्यवसायीहरुले अव्यवहारिक ऐन स्थगन तथा खारेजीको माँग सहित ईलाका प्रशासन सिमरा बारा मार्फत अर्थमन्त्री डा.युवराज खतिवडालाई ज्ञापन पत्र पेश गरेका छन् । ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे मार्फत मन्त्रालयमा ज्ञापन पत्र पेश गरिएको नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय कुमार साहले जानकारी दिए ।
ज्ञापन पत्रमा एक हजार भन्दा बढीको भुक्तानीमा लगाईएको प्यान खारेज गर्नुपर्ने, अव्यवहारिक नयाँ कर नीति खारेज गर्नुपर्ने, अव्यवहारिक भिसिटिएस प्रणाली खारेज गर्नुपर्ने, खाद्यान्नमा लगाईएको भ्याट खारेज गर्नुपर्ने, कामदारीको प्यान खारेज गर्नुपर्ने, बैंकि· व्याजदर सात देखी नौं प्रतिशत कायम गर्नुपर्ने, अव्यवहारिक सामाजिक सुरक्षा कोष खारेज गर्नुपर्ने लगायतका माँगहरु व्यापारीहरुको रहेको छ ।
यस अघी आन्दोलित व्यवासायीहरुले बिभिन्न नारा सहित मोटरसाईकल र्‍यालि निकालेर जीतपुर बजारबाट सुरु गरी सिमरा पथलैया हुँदै पुनः सिमरा स्थित ईलाका प्रशासन कार्यालय अगाडी पुगेर समापन भएको थियो ।