मुनलाईट माविका विद्यार्थीहरुद्वारा अन्तरक्रिया कार्यक्रम

37

संतोष रन्जितकार
वीरगंज, ५ साउन ।
वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित मुनलाईट माविका छात्रछात्राहरुले आइतबार पढाईको प्रयोगात्मक अभ्यास गरेका छन् । कक्षा ९ मा अध्ययनरत विधार्थीहरुले आमाको माया छाक्रावासमा अन्तरत्रिया गरेका हुन् ।
सामाजिक शिक्षा विषय अन्तर्गतको प्रोजेक्ट वर्क तथा छात्रावासमा रहेकाहरुको अवस्था तथा भावि योजनाका बारे बुझ्नका लागि सो अन्तरक्रियाको आयोजना गरिएको विधालयका संयोजक हेमन्त तामा·ले जनाएका छन् । त्यसैगरी समाजप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै छात्रावासमा रहेकाहरु लाई खाद्यवस्तु तथा स्टेशनरीका सामान पनि प्रदान गरिएको जनाइएको छ ।

आमाको माया छात्रावास वीरगञ्जमा हाल पुर्व मेची देखि पश्चिम महाकाली सम्मका २२ जना छात्रहरु अध्ययनरत छन् ।
मुनलाईट माविका प्रबन्ध निर्देशक सुलभ केसीले आमाको माया छात्रावासमा रहेका जेहेन्दार विधार्थीहरुलाई मुनलाईटमा सत प्रतिशत छात्रवृति प्रदान गर्ने जनाएका छन् । यसैगरी आगामी दिनमा पनि मुनलाईट माविले सामाजिक उत्तरदायित्व बहन गर्दै जाने बताए ।

https://ankushdaily.com/