नेपाली कांग्रेस रौतहटको प्रदेश सभापती मनोनयन

38

सत्येन्द्र प्रताप सिंह
रौतहट, ३० भदौ ।
नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नं १ रौतहटको आयोजनामा क्षेत्र नं १ को प्रदेश सभा क तथा ख को लागि सभापति पदको सर्व सहमतिबाट सभापति मनोनयन गरिएको छ । जिल्लाको क्षेत्र नं १ (क) प्रदेश सभापतीमा रामसुन्दर साह तथा (ख) मा बिन्देश्वर राय यादवलाई सर्वसहमतिबाट चयन गरिएको हो । सो अवसरमा प्रमुख अतिथि बिधायक शेख लालबाबु, तथा भुपु मन्त्री बृजकिशोर सिंह रहेका थिए । कार्यक्रममा नेता डा. देवीचन्द्र मिश्रा, संतलाल साह, प्रदेश क्षेत्रिय समिति सदस्य विरेन्द्र केशरी, भोगेन्दर झा, कृष्ण पटेल, लालबाबु राय यादव, शेख मजिद, राधे दास, सुरज चौधरी तथा जिल्ला कार्य समिति सदस्य उमेश चन्द्र तिवारी लगायत दर्जनौ नेता तथा कार्यकर्ता सहभागी भएका थिए । सो अवसरमा मनोनीत सभापतिले आ–आप्mनो बक्तव्य व्यक्त गर्दै पार्टी बिस्तार तथा संगठन बलियो बारे बिपीलाई स्मरण गर्दै हामी बिगतका निर्वाचन कुरालाई बिर्सेर पार्टीको नयाँ निती निर्देशन अनुसार कार्यकर्ताहरुले कार्य क्षेत्रमा लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

https://ankushdaily.com/