प्रतिबन्धित औषधी सहित २ पक्राउ

16

बारा, ३० भदौ ।
बाराको इलाका प्रहरी कार्यालय कवहीगोठले भारतबाट नेपाल भित्र्याउन लागेको प्रतिबन्धित अFैषधी सहित २ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कवहीगोठ बाराबाट खटिएका प्रहरी टोलीले जिल्ला बारा सुवर्ण गाउँपालिका वडा नं.७ स्थित नेपाल भारत सिमाना सनफुलवा नजिकै सडकमा सो प्रतिबन्धित औषधि सहित २ जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले सुवर्ण गाउँपालिका वडा नं.५ बस्ने रामएकवाल प्रसाद यादवको छोरा वर्ष १८ को नबेश कुमार यादव, सोही ठाउँ बस्ने जैनुल धोवीको छोरा वर्ष २४ को मजिद मिया धोबीले भारतबाट नेपाल भित्र्याउन लागेका विभिन्न प्रतिबन्धित औषधीहरु झोलामा लुकाई छिपाई ना.२९ प.८७५८ नम्बरको मोटरसाईकलमा लोड गरी ल्याइ रहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले बरामद गरेको सो औषधि सहित पक्राउ परेका निज नबेश कुमार यादव र मजिद मिया धोवीलाई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था विभाग कार्यालय पर्सामा पठाएको इलाका प्रहरी कार्यालय कवहीगोठले जनाएको छ ।