वीरगन्ज, ३० भदौ ।
आजको बालवालिका नै भबिष्यको कर्णाधार भएकोले सबै बालवालिका विद्यालय जानु पर्ने बताउदै उहाले प्रारम्भिक पढाइबाट नै बालवालिकाहरुको भबिष्य बलियो हुने भएकोले गुणस्तीयतामा ध्यान पु¥याउन वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले शिक्षक शिक्षिकाहरुलाई अनुरोध गर्नुभएको छ । नगरप्रमुख सरावगीले शिक्षा पाउने अधिकार सबै बालवालिकाको भएकोले बिद्यालयको पहुच बाहिर कुनैपनि बालबालिका रहनु नपर्ने धारणा समेत व्यक्त गर्नु भयो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १ मा रहेको पन्डित रामदेनी तिवारी आधारभुत बिद्यालयमा आयोजित पढाइ मेला कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
सो कार्यक्रम बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण कुमार पान्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि उपप्रमुख सुश्री शान्ति कार्किले विद्यालयको भौतिक संरचना पुरानो भएकोले महानगरपालिकाबाट हुने सहयोग प्रदान गर्न नगरप्रमुखलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी तथा विशिष्ट अतिथि लगायतका पदाधिकारीहरुद्धारा कक्षा १ देखि ३ सम्मका विभिन्न क्षेत्रमा उत्कृष्टता प्राप्त गर्ने ३० जना छात्रछात्राहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै बिद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने चन्दादाता एवम शिक्षा प्रेमी राम सर्राफ, वडाअध्यक्ष मनोज कुमार गुप्ता, श्रीकृष्ण कुमार पान्डे, इब्राहिम देवान, बिजय सहनी र प्रधानाध्यापक चन्देश कुमार चौहानलाई सम्मानित समेत गरिएको थियो । कार्यक्रममा प्रधानाध्यापक चन्देश कुमार चौहानले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।