जनकपुर, ३० भदौ ।
जनकपुरको अन्नपूर्ण होटेल जिरो माइल भन्ने ठाउँमा बहिरा संघ प्रदेश नं. २ ले प्रथम अधिवेशक सम्पन्न गरेको छ । सो अधिवेशनको बन्दसत्रमा नयाँ कार्यसमिति समेत चयन गरिएको थियो । गंगाराम यादवको अध्यक्षतामा राष्ट्रिय बहिरा महासंघका केन्द्रिय महासचिव सूर्य बहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा द्विप प्रज्वलित गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । सो कार्यक्रम ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो । नव गठित कार्यसमितिको अध्यक्षमा गंगाराम यादव, उपाध्यक्ष सुधा गौतम, सचिव सुरजमान सिंह श्रेष्ठ, कोषाध्यक्ष्ँ रोशन साह, सदस्यहरुमा प्रदिप जयसवाल, बिरेन्द्र कुमार कर्ण, अनिल शर्मा, जुलफकार अंसारी, संजु चौधरी रहेका छन् । महासचिव बुढाथोकीले नवगठित कार्यसमितिको सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।