घाँटी काटिएको अवस्थामा एक युवकको शव फेला

9

संतोष रन्जितकार
वीरगन्ज ३१ भदौ ।
बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ मा मंगलबार एक युवकको शव फेला परेको छ । अन्दाजी २०–२५ वर्षिय युवकको शव बिन्दवासिनी गाउँपालिका वार्ड नम्बर ५ प्रसौनीभाठा र हासवा बिचमा रहेको धुतहा पुलको पश्चिमको मेनरोडको एकदम नजिक दक्षिण तर्फ रहेको नहरको पानी बग्ने पोइनमा बिहान करिब ११ बजेको समयमा फेला परेको हो ।
युवकको घाटी काटिएको अवस्थामा शव रहेको थियो र उनी रातो रंगको टिसर्ट, कालो रंग पाईन्ट र रातो जुत्ता लगाएका थिए । सो स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको सो शवको हत्या गरिएको भनी प्रहरीले शंका गरेको छ तथा सोको अनुसन्धान जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले आफै गरी रहेको बताए ।
यो घटनाको कारण आसपासका गाँउका मानिसहरू त्रासित भएका छन यता ईलाका प्रहरी पोखरियको इन्सपेक्टरले गाउँबासीहरुको सुरक्षा दिन नसकेको गाँउलेहरु महसुस गरेको बताएका छन । यता केहि दिन देखि भारतबाट किडनी चोरहरूको हल्लाले पनि आसपासका गाँउका मानिसहरू त्रासित भएका छन ।