फरार प्रतिवादी पक्राउ

2

संतोष रन्जितकार
वीरगंज, ३१ भदौ ।
कुटपिट मुद्दामा अदालतबाट सजाय भई विगत ९ वर्ष देखि फरार व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले कुटपिट मुद्दामा अदालतबाट सजाय पाई फरार रहदै आएका महागढीमाई नगरपालिका वडा नम्बर ८ बस्ने सुईटप्रसाद यादव, अकलुप्रसाद यादव र भुटनप्रसाद यादवलाई बारा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनालाई २०६७ साल पुस १२ गतेकोे जिल्ला अदालत बाराको फैसलाले कुटपिट मुद्दामा जनही १ महिना १५ दिन कैद र ९ सय ७५ जरिवाना ठहर गरेकोमा हालसम्म पनि उनीहरु फरार रहँदै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी तीनैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई बारा जिल्ला अदालतमा पेश गरी अदालतको आदेश अनुसार कैद भुक्तानको लागि वीरगंज कारागार कार्यालय पर्सामा पठाएको प्रहरीले जनाएको छ ।