वीरगंज महानगरपालिकामा एक करोडको बाँडफाँड

24

वीरगंज, ३१ भदौ ।
वीरगंजको नयाँ बसपार्कको संचालन तथा व्यवस्थापनको लागि आव्हान भएको टेण्डरको बोलकबोलमा बढी रकम भर्ने लाई पाँच वर्षको लागि ठेक्का दिने सूचना आव्हान गरेको वीरगंज महानगरपालिकाले सबभन्दा कम रकम भरेको ठेकेदारलाई टेण्डर दिएर आर्थिक हिनामिना गर्न खोजेको आरोप लागेको छ ।
नयाँ बसपार्कको टेण्डर एस.वि.एस. एशोसिएट प्रा.लि.ले दश करोड चार लाख, ॐ साई निर्माण सेवाले ८ करोड ७५ लाख भरेको र भरतपुर चितवनका एन.के. इन्टरनेशनल प्रा.लि.ले ७ करोड ५० लाखको टेण्डर हालेका थिए । बढी रकम भरेको भएतापनि ठेकेदारहरुले एन.के इन्टरनेशनल प्रा.लि. चितवनलाई टेण्डर दिने साँठगाँठ त्यहाँका कर्मचारीहरुले गरिरहेको समाचार भदौ १३ गते अंकुश दैनिकले प्रकाशन गरेको भएतापनि अहिले वीरगंज महानगरपालिकालाई आर्थिक क्षति पु¥याएर चितवनको ठेकेदारहरुलाई पोस्ने यस अभियानमा एक करोड भन्दा बढीको रकम बाँडफाँड भएको बताइन्छ ।
वीरगंज महानगरपालिकाको नगरप्रमुख बिजयकुमार सरावगी, उपप्रमुख शान्ति कार्की एवं केही चल्तापूर्जा वार्ड अध्यक्षहरुलाई मिलाएर यो काम भएको भनीएको भएतापनि उपमेयर शान्ति कार्कीको यो लुट अभियानमा कुनै संलग्नता नभएको र आउने दिनमा उनले कडा विरोध जनाउने तयारी गरेको बताइन्छ ।
यता ॐ साई निर्माण सेवाले के कति कारणले आफुले भरेको भन्दा कम रकम भर्नेलाई टेण्डर परेको सन्दर्भमा वीरगंज महानगरपालिकासंग जानकारी मांग गरेर अदालतको ढोका ढक–ढकाउने तयारीमा जुटेको महम्मद सहाबुदिनले बताएका छन् ।

https://ankushdaily.com/