त्रिजुद्ध माविद्वारा छात्रवृत्ति वितरण

14

संतोष रन्जितकार
वीरगंज, ३ असोज ।
त्रिजुद्ध माध्यमिक विद्यालयले बिहिबार एक समारोहको आयोजना गरी छात्रवृति वितरण गरेको छ । त्रिजुद्ध मा. वि.ले कक्षा १ देखि ८ सम्म का ३८३ जना दलित तथा गरिब विद्यार्थीहरू लाई रू.४०० का दरले १,५३,२०० रुपैयाँ वितरण गरेको हो ।
सो कार्यक्रम संजय कुमार गुप्ताको अध्यक्षता सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि बीरगंज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी रहनु भएको थियो ।


कार्यक्रमा राजपाका महिला नेत्री रम्भा मिश्रा, नेपाली काँग्रेसकी राधा कार्की, वडा नं ४ का वडाध्यक्ष जगत साह कानु, शशी रंजन कुमार लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा स्वागत मन्तब्य त्रिजुद्ध मा. वि.का प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मीले गरेका थिए भने कार्यक्रमको सहजीकरण सुरज पटेलले गर्नु भएको थियो ।