नर्सिङ क्याम्पसका बिद्यार्थीहरुद्वारा निःशुल्क स्वास्थय शिबिर

15

संतोष रन्जितकार
वीरगंज, ४ असोज ।
वीरगंज नर्सिङ क्याम्पस BNS 2nd year का विद्यार्थीहरुद्वारा बिरगंज महानगरपालिका वार्ड न १ मा (Community Health Camp) सामुदायिक स्वास्थ शिबिर संचालन गरिएको छ ।
वडा न १ का स्थानीय जनताहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिने र हालै महामारीको रुपमा देखा परिरहेको डेङ्गुको बारेमा समेत सबैलाइ जानकारी गराउने उद्देश्यले सो शिविर संचालन गरिएको हो ।

सो कार्यक्रममा बिद्यार्थीहरुले आ–आप्mनो स्टलमा जनचेतना सम्बन्धि चित्र एवं पम्पलेट राखी जनचेतना दिने कार्य समेत गरेको शिवानी रिमालले जानकारी गराइन् ।
सो कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगरप्रमुख (मेयर) विजय कुमार सरावगी रहनु भएको थियो । नगरप्रमुख सरावगीले अहिलेको अवस्थामा डेंगुले धेरै विशाल रुप लिएको तथा यसबाट कतिपय मानिसहरुको मृत्यु समेत भएकोले यसको बारेमा सबै जनमानसमा जनचेतना फैलाउन आवश्यक रहेकोले यस प्रकारका शिविर हरेक वडामा संचालन गर्नका लागी विभिन्न निकायसंग समन्वय गर्ने बताएका थिए ।

उक्त कार्यक्रममा मेयरका राजनिती सल्लाहकार मुकेश द्विवेदी, वार्ड नं. १ का वडा अध्यक्ष मनोज कानु, वीरगंज युवा समाजका कमल चौगाईं, अरबिन्द सिंह, निरज साह, राजन श्रीवास्तव, देवेस गुप्ता, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु लगायतको उपस्थिति रहेको थियोे ।
सो शिविर नर्सिङ क्याम्पसको क्याम्पस प्रमुखको अध्यक्षतामा सम्पन्न भएको थियोे भने कार्यक्रमको संचालन नर्सिङ क्याम्पसका विद्यार्थी खुश्बु मिश्राले गरेकी थिइन् ।