नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाको २५ औं साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम

दुर्गा पुजाको अवसरमा २ महिला सहित ८० जनाले गरे रक्तदान

29

संतोष रन्जितकार
वीरगंज ४ असोज ।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाको २५ औ साधारण सभा एवम संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा १० महिला सहित ५१ जना रक्तदाताले रक्तदान गरेका हुन । सो रक्तदान कार्यक्रम उपशाखा सभापती श्री नारायण यादवको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी रहेका थिए ।

 सो कार्यक्रममा वीरगंज महानगरपालिकाका उप–मेयर शान्ती कार्की, नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. २ का अध्यक्ष फुल महमद मियाँ, स प्र सुर्य कोइराला, सेनानी हरि केसी, वडा ५ का अध्यक्ष प्रदिप चौरसिया, वडा ६ का अध्यक्ष ध्रुव नेपाल , वडा ७ का वडा अध्यक्ष वसन्त अग्रवाल , वडा ४ का अध्यक्ष जगत प्रसाद कानु, नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति मधु राणा, राजन श्रीवास्तव, पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, सामाजिक अभियन्ता ओम प्रकाश सर्राफ, हुकुम सिंह लगायतको उपस्तिथि रहेको थियो ।

सो रक्तदान कार्यक्रममा किरण माली, शारदा कर्ण, सुषमा श्रेष्ठ, सम्झना रायमाझी, सुनिता साह, मनिष टिबडेवाल, नवराज भट्टराई, मस्तकिम मिया अंसारी, सुशील ठाकुर लगायतले रक्तदान गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य ने.रे.सा. रेशमकोठी उपशाखाका उपसभापति सुरेन्द्र कानुले दिएका थिए भने कार्यक्रमको सहजिकरण उपशाखाका सचीव एवम कार्यक्रम संयोजक लालबाबू सिंहले गरेका थिए ।
त्यसैगरी दुर्गा पुजा सेवा समिती रानीघाटले पनि दुर्गा पुजाको अवसर पारी खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रानीघाट चोकमा आयोजित १२ औं पटक खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित ८० जनाले रक्तदान गरेका हुन ।
दुर्गा पुजा सेवा समिती रानीघाटका सल्लाहकार संजिव थापाले द्विप प्रजवलित गरि रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सल्लाहकार थापाले रक्तदानको महत्वका बारेमा चर्चा गर्दै बर्षमा चार पटक रक्तदान गर्न सबैलाई आग्रह गर्नु भएको थियो ।

नेपाल रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै यस समितीले बर्षमा दुई पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको समितीका सल्लाहकार थापाले बताउनुभयो ।
कार्यक्रममा चन्दन बर्णवाल, मेघनाथ सोनार, किरण गुप्ता, अबुलैस अंसारी, यसोधा खड्गी, सुषमा सिंह, रमेश कुमार महतो, उदय चौधरी, हरिओम गुप्ता, मुकेश साह, संतोष राम, राजु गुप्ता लगायतले रक्तदान गरेका थिए ।
दुर्गा पुजा सेवा समितीका अध्यक्ष सतिश सिंह राजपुतलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनोज गुप्ता, राजु कलवार, बरिष्ठ उपाध्यक्ष रबि रौनियार, रेडियो बिन्दासका प्रमुख आर.सी यादव, लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य रेडियो बिन्दासका निर्देशक बिरेन्द्र साहले दिएका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार प्रणय कुमारले गरेका थिए ।