मिस्टर एण्ड मिस कलेज २०१९ को अडिसन शुरु

3

संतोष रन्जितकार
वीरगंज, ३ असोज ।
वीरगंजको नारायणी डान्स एकेडेमीमा रोयल इन्टरटेनमेन्ट एण्ड इन्भेन्ट म्यानेजमेन्ट मिस्टर एण्ड मिस कलेज २०१९ को अडिसन कार्यक्रम शुक्रबारबाट शुरु गरिएको छ । वीरगंजस्थित माइस्थान मन्दिरको पछाडी रहेको नारायणी डान्स एकेडेमीमा वीरगंजका विभिन्न कलेजका १३ जना विद्यार्थीहरुले आफ्नो प्रतिभा (Talent) प्रस्तुत गर्न कार्यक्रममा भाग लिएका थिए ।

सो मिस्टर एण्ड मिस कलेज कार्यक्रममा बिजेता हुने विद्यार्थीहरुले देशको विकासको निमित्त सामाजिक कार्य गर्ने जनाएका थिए । यही असोज आउँदो ६ गतेबाट वीरगंज पब्लिक कलेजका सभाहलमा तालिम सञ्चालन हुने आयोजक आकाश गुप्ता र कर्ण सिंह पटेलले जानकारी गराए । सो कार्यक्रममा युवराज केशरी, रोहित सिंह, अस्का सिन्हाले जजमेन्ट गरेका थिए ।
कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरु र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।