राजपाद्वारा संबिधान दिवसको बिरोध गर्दै कालो दिवस मनायो

52

संतोष रन्जितकार
वीरगंज, ३ असोज ।
राजपा पर्साले वीरगन्जमा संविधान दिवसको बिरोधमा ¥याली निकालेको छ । वीरगन्जको लालबंगलामा जम्मा भएका राजपाका नेता तथा कार्यकर्ताहरुले पाखुरा तथा टाउँकोमा कालो पट्टी बाधेर विभिन्न संविधान विरोधी नाराहरु लेखिएको प्लेकार्ड र हातमा कालो झण्डा बोकी ¥याली निकालेका हुन् ।

सो ¥याली लालबंगलाबाट निस्केर नगर परिक्रमा गरी बिरोध सभामा परिणत भएको थियो । राजपाका केन्द्रिय नेताहरु रमेश कुर्मी, उपेन्द्र महतो, कृष्णा पटेल, प्रेमबाबु पटेल, महिला मुनी श्रीवास्तव, उषा श्रीवास्तव, कमला सरार्फ, पार्टीका केन्द्रीय सदस्य नेतृ रम्भा मिश्रा लगायतले बिरोध ¥यालीको नेतृत्व गरेका थिए । राजपाले असोज ३ गते पर्ने संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको राजपाका नेतृ रम्भा मिश्राले बताउनु भयो ।
त्यसैगरी राजपा नेपालले बहुदरामाई नगरपालिकामा पनि संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ । मोटरसाइकलको बिशाल ¥याली निकालेर विभिन्न नाराहरु लगाउंदै हातमा कालो पट्टी बांधेर नगरपरिक्रमा गरी विरोध प्रदर्शन गरेको थियोे ।

सो ¥यालीमा मधेस बिरोधी संविधान चाहिदैन जस्ता नारा लगाउंदै कालो झण्डा समेत देखाइएको थियो । क्षेत्रीय अध्यक्ष अजय साहको नेतृत्वमा निस्केको ¥यालीमा जिल्ला उपाध्यक्ष जटाशंकर गुप्ता, नेताहरू हदिश मियाँ, प्रमोद पटेल, सोनालाल साह लगायतको उपस्थिति रहेको थियो ।