राष्ट्रिय सरोकार मंचद्वारा संविधान दिवसको बिरोध

36

वीरगंज, ३ असोज ।
राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले शुक्रबार संबिधान दिवसको अवसरमा बिरोध प्रदर्शन गरेको छ । बीरगंजको घण्टाघरमा कालो झण्डा लगाई संबिधानको बिरोध गर्दै २०७२ लेखिएको संबिधान जलाइएको हो । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलले जनताको बिरोध हुँदा–हुँदै ब्यालेट र बुलेटको बलमा संबिधान बनाइएको बताउनु भयो । उनले शिव सेना नेपालका केन्द्रिय अध्यक्ष लगायत पक्राउ परेका सरोकार मंचका कार्यकर्तालाई बिना सर्त अबिलम्ब रिहा गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

विश्वकै एक मात्र हिन्दू राष्ट्रको पहिचान बोकेको नेपाललाई विभिन्न राजनीतिक दलहरु मिलेर पहिचान मासेको र देशलाई सिक्किमीकरण बनाउन लागि परेको बताउनुभयो । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा समाजसेबी पशुपति बिक्रम शाह, नागरिक संघर्ष समितीका हिराबहादुर चन्द, दिनानाथ प्रसाद यादव, सरोकार मंचका उपाध्यक्ष कमल प्रसाद घिमिरे, सचिव मकबुल मियाँ बरई, नगर अध्यक्ष उपेन्द्र बरई, कबि अरुणबिक्रम शाह, राजेश यादव लगायतले लोकतन्त्रमा सार्वभौमसत्ता जनतामा निहीत रहेको, उद्घोष गर्ने नेताज्यूहरुको कारणले जनताले आप्mनो मनको भावना पाखन नपाउने संबिधानको बहिष्कार गर्दछौ, २०७२ संबिधान मुर्दाबाट, बिदेशी डलर चाँहिदैन देश बेच्न पाईदैन जस्ता नाराहरु लगाइएको थियो ।

https://ankushdaily.com/