समस्याहरुको समाधान पहिचान गरि संघ, प्रदेश र स्थानीय तिनै निकायद्धारा पुरा गराउने ः सांसद यादव

सांसद यादवद्वारा जनता दर्शन कार्यक्रम शुरु

43

वीरगन्ज, ४ असोज ।
समाजवादी पार्टी पर्साको नेता एवंम पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले ‘जनता दर्शन’ कार्यक्रम सुरु गर्नुभएको छ । संघीय संसदको चौथा आर्थिक सत्र समापन भएको दोश्रो दिनबाट सुरु गरिएको उक्त कार्यक्रम ‘अपनेके सांसद, अपनेकेद्धार’ भन्ने नाराका साथ शनिबार देखि सुरु गरिएको हो ।

सांसद यादवले संसदीय क्षेत्रका जनताहरुको घरदैलोमै पुगेर जनताको समास्याहरुको समाधान गर्न सो अभियाना सुरु गरिएको बताउनु भयो । सो अभियान पर्साको क्षेत्र नम्बर १ को लालपर्साको दलित बस्तीबाट शुरु गरिएको थियो । जनताकै घरदैलोमा पुगेर हरेक समस्या बुझी त्यसको समाधान तत्काल गर्ने उदेश्यले सुरु गरिएको कार्यक्रम अन्तर्गत लालपर्साका धानादेवी, इन्दुदेवी, दिपनारायण पासवान, जगदिशराम, लालबहादुर राउत, रुपनारायण महतो, महेस कोइरी, बाबुलाल यादव, मनोज यादव लगायत सबै गाउबासीको घरमै पुगेर भाला कुसारी गर्नुका साथै त्यहाँको समस्याको बारेमा जानकारी लिनुभएको थियो । प्रदेश सभाका सांसद जन्नत अंसारीसंगै लालपर्सा पुग्नु भएका सासद यादव समक्ष स्थानियले बिद्यालयमा शिक्षकको कमि र भौतिक संरचनाको आवश्यकता, सडकको मर्मत, गाउँको बिजुली पोलहरुमा बती नभएको, खानेपानी समस्या, बाँध पइनको निर्माण, एैलानी जग्गाको भू–माफियाबाट संरक्षणको आवश्यकता लगायतका समस्या तथा मागहरु जनताहरुले सांसद यादव समक्ष गरेका थिए ।

वडाको स्मस्या लिएर आउने महिलाहरुलाई स्थानिय जनप्रतिनिधिहरुद्धारा हप्काउने, धपाउने समेत गरिएको गुनासो समेत स्थनिय महिलाहरुले सांसद यादव समक्ष पोखेका थिए । स्थानियहरुबाट आएका अधिकांस गुनासाहरु जायज भएको बताउदै क्रमिक रुपमा समाधान गरिने सांसद यादवले भने ।
उहाले आफु जनताको नेता भएकोले सधै जनताको माझमा रहेका सबैको राय सल्लाहमा क्षेत्रको बिकास गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । जनता दर्शन कार्यक्रमबाट आएका हरेक समस्याहरुको समाधान पहिचान गरि संघ, प्रदेश र स्थानीय तिनै निकायद्धारा पुरा गराउने उदेश्यले नै आफुले जनता दर्शन कार्यक्रम सुरु गरेको उहाको भनाइ रहेको थियो ।

https://ankushdaily.com/