सहकारीहरुले गरिबी निवारणमा उल्लेख्य भूमिका निर्वाह गरेको छ ः सदस्य गुप्ता

8

संतोष रन्जितकार
बीरगंज, ४ असोज ।
राष्ट्रिय सहकारी बिकास बोर्डका सदस्य शम्भू गुप्ताले सहकारीहरुले गरिबी निवारणमा उल्लेख्य भूमिका निर्वाह गरेको बताएका छन । बीरगंज बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न २१ औ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन ।
उनले राज्यले तीन खम्बे अर्थनीतिलाई अख्तियार गरेर सहकारी क्षेत्रलाई बिशेष मान्यता दिएको चर्चा गर्दै सहकारीले उद्देश्य अनुरुपको काम गर्नु पर्ने सुझाव दिए । उनले सहकारीले आफना सदस्यहरुलाई पु¥याउदै आएको सेवालाई अझै प्रभावकारी र गुणात्मक बनाउने कुरामा ध्यान केन्द्रीत गरिनु पर्नेमा जोड दिए । गुप्ताले सहकारी आन्दोलनका माध्यमले सानो पूजीलाई पनि उत्पादनसंग जोडन आवश्यक रहेको बताए । उत्पादनले मात्र पूजीको साइकल निरन्तर घुमिरहरने र त्यसले मात्र समृद्धि ल्याउने बताउदै यस क्षेत्रको सहकारी आन्दोलनले यस्तो अवस्था सृजना गर्नु पर्ने बताए ।
कार्यक्रममा सहकारी आन्दोलनका अगुवाहरु राजेश पंडित, बीरगंज महानगरका सहकारी बिभागका प्रमुख रामदयाल यादव, नगनारायण सिंह, हरेराम पटेल ,राजेन्द्र जयसवाल, बिष्णु बराल लगायतले मब्तब्य ब्यक्त गरेका थिए ।
बिस्कोका अध्यक्ष डिल्ली बिक्रम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उज्जवल घिमिरेले गरेका थिए ।