वीरगंज ४ असोज ।
बीरगंजको आदर्शनगरस्थित स्टुडियो चित्रलेखा डिजाइन एण्ड भिडियो इडिटिंग ल्याबको उद्घाटन गरिएको छ ।
सो चित्रलेखा ल्याबद्वारा आयोजित उद्घाटन कार्यक्रमको वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले रिबन काटी ल्याबको उद्घाटन गर्नु भएको हो ।
वरिष्ठ उपाध्यक्ष गुप्ताले यस ल्याबले प्रदान गर्ने सेवा सुविधाबाट जनताहरु लाभान्वीत हुने बिश्वास व्यक्त गर्नुभयो ।
सो ल्याब जुगल प्रजापति, बिकास प्रजापति र बैजु प्रजापतिले १२ लाखको लागतमा सञ्चालन गरेको ल्याबका सञ्चालक जुगल प्रजापतिले बताउनुभयो । उद्घाटन कार्यक्रममा ब्लड डोनर्स एशोसिएसन बीरगंजका सचिब अरबिन्द सिंह, नेपाल रेडक्रस सोसाईटीका राजन श्रीवास्तब, सञ्चारकर्मी प्रणय कुमार लगायतको उपस्थिती रहेको थियो ।