बसपार्कमा यात्रु सहायता कक्षको उद्घाटन

26

संतोष रन्जितकार
वीरगंज, ५ असोज ।
वीरगंज बसपार्कमा यात्रुहरुको सहजको निमित्त आइतबार यात्रु सहायता कक्षको उद्घाटन गरिएको छ । एक कार्यक्रमको आयोजना गरी रोटरी क्लबका अध्यक्ष डा. आनन्द कुमार झा र पर्साका प्रहरी नायब उपरिक्षक अनन्तराज शर्माले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । चाडपर्वमा यात्रुहरुलाई सहज होस भनी सो कक्ष्ँको स्थापना गरिएको हो ।

चाडपर्वको अवसरमा बसपार्कमा बढी यात्रुहरुको भिडभाड हुने गरेको मौका छोपी लुटपाट गर्नु, चोरी गर्नु, तोकिएको टिकट दरभन्दा बढी भाडा असुल गर्नु जस्ता कार्यबाट सुरक्षित राख्नको लागि सो कक्षको शुरुवात गरिएको पर्सा ट्राफिक प्रहरी निरिक्षक राज कुमार सिंहले जानकारी दिनुभयो । पीडित व्यक्तिको गुनासो अनुसार त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही समेत गरिने उनले बताए । सो यात्रु सहायता कक्ष रोटरी र रोट्रेक्ट क्लबको सहयोगमा निर्माण गरिएको हो ।

कार्यक्रममा पर्सा नारायणी यातायात प्रा.लि.का अध्यक्ष जगत साह कानु, रोट्रेक्ट क्लबका अध्यक्ष मेनका गिरी, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु, बसर्पाकका प्रहरी नायब निरिक्षक सुरेश कुमार यादव, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीका अध्यक्ष्ँ जयप्रकाश खेतान, व्यवस्थित वीरगंज हाम्रो अभियानका दिलिपराज कार्की, बस व्यवसायी बिनोद श्रेष्ठ लगायत स्थानीय भद्रभलादमी र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।