राष्ट्रिय स्तरको बडी बिल्डिङ्ग प्रतियोगिता सम्पन्न

14

संतोष रन्जितकार
वीरगंज, ५ असोज ।
वीरगंजमा पहिलोपटक राष्ट्रिय स्तरको बडी बिल्डिङ्ग प्रतियोगिता शनिबार सम्पन्न भएको छ । सो प्रतियोगिता वीरगंजस्थित नेशनल मेडिकल कलेजको अरिडोरियम हलमा सम्पन्न भएको हो । सो प्रतियोगितामा देशभरीका प्रतिस्पर्धीहरुले भाग लिएका थिए भने प्रतियोगितामा ५५ केजी तौल समूह देखि ७५+ केजी तौल समूहको प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा प्रथम भएका मरिचमान लामालाई जनम लामाले २ लाख नगद पुरस्कार प्रदान गर्नु भएको थियो । सो समारोहमा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, नेशनल मेडिकल कलेजका एमडी बसरुद्दिन अंसारी, अजय प्रजापति, होटेल व्यवसायी संघका तबरेज आलम, निर्णायक मण्डल लगायतले सहभागिहरुलाई प्रमाण–पत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि, अतिथि लगायतका व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरी सम्मानित समेत गरिएको थियो ।