करको भार थुपारी उधोग नै धराशायी बनाउने खेलले देश विकास गर्न सक्दैन ः सांसद यादव

20

वीरगंज, ६ असोज ।
वीरगंजको होटल मकालुमा आयोजित प्रविधि तथा सामाजिक विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले नेपाल सरकारले ल्याएको अर्थ व्यवस्था सृद्धिढ जस्ता नितिले घरेलु उत्पादकहरु समेत मारमा परेको छ । उनले गरिब मजदुरलाई समेत अनिवार्य रुपमा व्यक्तिगत प्यान लिनुपर्ने बाध्यात्मक व्यवस्थाले मजदुरहरु अन्यायमा परेको सांसद प्रदिप यादवले बताएका छन् ।
उनले भने, जो आजसम्म बैंक नै गएका छैनन् ति मजदुर कहाँबाट प्यान लिन जाउन । सांसद यादवले अर्थमन्त्री समक्ष ग्रामिण बस्तीमा राम्रोसंग विजुलि बतिको व्यवस्था नभएको अवस्थामा ईन्टरनेटबाट हुने अनलाईन बिलिङ्गको काम कसरी गर्ने ? भने प्रश्न समेत गरेका थिए ।

पर्सा क्षेत्र नम्बर १ का सांसद समेत रहेका सांसद यादवले जनता मारा करले सरकारले ५ लाख युवालाई रोजगारी दिने लक्ष्यलाई बाधा पुग्ने उनको ठहर थियो । स्थानीय उत्पादक उधोगी व्यापारीहरुलाई विभिन्न बहानामा करको भार थुपारी उधोग नै धराशायी बनाउने खेलले देश अग्रगति तर्फ लम्कन नसक्ने उनको भनाई रहेको थियो ।
यसैगरी उनले हिजोको दिन भन्दा अहिले ईट्टा उधोगमा बाल मजदुर जस्ता समस्या नरहेकाले बेमौसमी पानीले ईट्टा उधोगीहरुलाई हुने नोक्सानीमा नेपाल सरकारले क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने उनको भनाई थियो । जनताको सदैव साथमा आफु रहेकाले जनताको समस्या समाधानका लागी आफु सांसदमा समेत अवाज उठाईरहने बताएका थिए ।
बारा पर्सा इटा उधोग व्यवसायी संघका अध्यक्ष असर्फी प्रसाद जयसवालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल इटा उधोग महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र बहादुर चित्रकार, प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य मञ्जुर आलम, पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव, पोखरिया नगरपालिकाका मेयर दीपनारायण प्रसाद रौनियार लगायतको उपस्थिति रहेको थियो ।