केराउ, छोहडा र मरिचको लक्ष्मीनारायणद्वारा व्यापक तस्करी

30

वीरगंज, ६ असोज ।
भारत बिहार मधेपुरा बिहारीगंज बस्ने लक्ष्मीनारायण अग्रवाल अहिले ५०० करोडको सम्पतिको मालिक भएपछि सम्पति शुद्धिकरण आयोगले यसतर्फ कदम नचालेकोले वीरगंजका व्यापारीहरु आश्चर्यचकित भएका छन् । जय माँ भवानी ट्रेडर्सको नामबाट केराउ, छोहडा, मरिच आयात गरेर बाइपासबाट साईकल र मिनि टाटामा भारततर्फ तस्करी गरेर लक्ष्मीनारायणले बाइपासमा प्लट माथि प्लट खरिद गरेर यहाँका रैथानै मारवाडीहरुलाई औला टोक्न बाध्य बनाएका छन् । वीरगंजमा रहेका अधिकांश गैरनागरिक राजस्थानी मारवाडीहरु यो बिहारी मारवाडीको प्रगति देखेर हैरान भएका छन् । लक्ष्मीनारायणसंगै स्लिपिङ्ग पार्टनर बसेका वीरगंजका केही कलवारहरु पनि चांडै सम्पति शुद्धिकरण आयोगको चपेटामा पर्ने लगभग निश्चित भएपछि उनीहरु नेकपा समर्थित नेताहरुको दैलो चहारि रहेका छन् ।
वीरगंज माईस्थानमा अरुको घर भाडामा लिई आफ्नो सानो किराना पसल चलाएर जिविको पार्जन गरिरहेका लक्ष्मीनारायण अग्रवाल अहिले राजश्व छलेर अरबपति भएपछि उनका छरछिमेकले समेत उनीसंग डाहा गर्न थालेका छन् ।