चाडपर्व नजिकिएको बेला व्यापारीहरुले गलत कार्य नगर्नको लागि बजार अनुगमन ः प्रजिअ भट्टराई

33

संतोष रन्जितकार
वीरगंज, ६ असोज ।
दशैं, तिहार र छठ पर्व नजिकिंदै गर्दा व्यापारी र पसलहरुको अवस्था बुझ्न तथा व्यापारीहरुलाई गलत कार्य नगर्न वीरगंज बजार अनुगमन गरिएको छ । सो अनुगमन पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगायत विभिन्न कार्यालयहरुको टोलीले वीरगंजका माईस्थान वरिपरिका पसलहरुको सोमबार अनुगमन गरेको थियो ।

चाडपर्व नजिकीदै गर्दा व्यापारीहरु गलत कार्य गर्ने भएकोले यस्ता पर्वहरुलाई लक्षित गर्दै व्यापारीले लेबल नभएको, म्याद गुज्रिएको सामान बिक्री वितरण गर्ने गरेको, मुल्य भन्दा बढी रकम लिने गरेको, सामानको कृत्रिम अभावको सृजना गर्ने जस्ता कार्यहरुबाट उपभोक्ताहरु नठगिनको उद्देश्यले पसलहरुमा अनुगमन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी भट्टराई स्वयम पसल पसल पुगि व्यापारीहरुलाई अनुगमनमा सहयोग गर्न र सहि कार्य गरि असल नागरिकको पहिचान दिन समेत अनुरोध गर्नु भएको थियो ।

माईस्थान चोकमा रहेको प्रदिप किराना पसल, मा अम्बे ईन्टरप्राईजेज, सन्दिप किराना स्टोर, न्यु श्री गणेश किराना स्टोर, जय किराना ट्रेड्र्स, पुजा स्टोर, न्यु माँ जानकी स्टोर्स, मा कल्याणी सिङ्गार र हरि किरानामा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा त्यहा बिल बिजक भएतापनि सादा कागजमा लेखी दिएको, व्यवसायी प्रमाणपत्र नदेखाएको, लेबल नभएको लवकुस ब्रान्डको मखना ७ पिस नियन्त्रणमा लिई नष्ट गरिएको र मुख्य सप्लायर्समा रहेको ४८ बोरा मखनालाई बिक्री बितरणमा रोक लगाईएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका नायब सुब्बा एवं सूचना अधिकारी दिलिप खगले जानकारी दिनु भयो ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंजका कार्यालय प्रमुख रत्नकान्त झाको नेतृत्वमा गएको अनुगमन टोलिमा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जरा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्मा, बाणिज्य कार्यालय बिरगंजका कार्यालय प्रमुख ओम नारायण शर्मा, घरेलुु तथा साना उद्योग कार्यालय बिरगंजका प्रमुख रिमा साह, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशाशकिय अधिकृत भानुभक्त बराक, खाद्य प्रबिधिका सुचना अधिकारी श्रवण साह, उपभोक्ता हित संरक्षण मञ्च बिरगंजका नगर अध्यक्ष अजित कुमार भुजेल, बिरगंज महानगरपालिकाका बिपिन कुमार लाल दास, बिरगंज उद्योग बाणिज्य संघका हेम शंकर कर्ण लगायतको सहभागिता रहेको थियो ।