ट्राफिक ब्यवस्थापन सम्बन्धि जनचेतना मूलक कार्यक्रम

74

संतोष रन्जितकार
वीरगंज, ६ असोज ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीको आयोजनामा पार्किङ्ग ट्राफिक ब्यवस्थापन सम्बन्धित जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । सो जनचेनता मूलक कार्यक्रम ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा सम्पन्न भएको होे ।
सो कार्यक्रम जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरीक्षक राजकुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा चाडपर्व लाई मध्यनजर गरि यात्रु तथा सवारीको चाप बढ्ने गरेको हुंदा सोको नियन्त्रण तथा सडक ब्यवस्थापन सहजको निम्ति बितिय संघसंस्था बैंकहरुसंग केही दिन अगाडी बिरगंज महानगरपालिका कार्यालयको सम्झौता आनुसार बितिय संघसंस्था बैंकले आप्mनो ग्राहकको निमित्त आफै पार्किङ्ग ब्यवस्थापन गर्नुपर्ने पार्किङ्ग ब्यवस्था भएको बैंकले ग्राहक लाई आप्mनो पार्किङ्गमा सवारी पार्क गर्न गराउन हुन अनुरोध गर्न समेत ब्यवस्थापन पक्षलाई अनुरोध गरिएको पर्सा ट्राफिकका प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, अदर्शनगर यस.टी.यफ का नायब प्रहरी निरीक्षक अरुण राय, ब्यवस्थित बिरगंज हाम्रो अभियानका दिलिप कार्की, छपकैया सामुदायिक सेवा केन्द सामुदायिक प्रहरीका अध्यक्ष ग्यासुदिन मिया ठकुराई र स्थानीय भद्रभलाद्मी नगर प्रहरी लगायत सन्चारकर्मीको सहभागीता रहेको थियोे ।

https://ankushdaily.com/