पार्किङ्ग तथा ट्राफिक ब्यवस्थापन सम्बन्धि जनचेतनामूलक कार्यक्रम दोस्रो दिन पनि जारी

29

संतोष रन्जितकार
वीरगंज, ७ असोज ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीको आयोजनामा पार्किङ्ग ट्राफिक ब्यवस्थापन सम्बन्धित दोस्रो दिन पनि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम ग्रीन सिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरीक्षक राजकुमार सिंह रहेका थिए । चाडपर्वलाई मध्यनजर गरि यात्रु तथा सवारीसाधनको चाप बढ्न गएको हुंदा सो चापबाट विभिन्न किसिमका दुर्घटना हुने भएकोले सोको नियन्त्रण तथा व्यवस्थित गरीएको थियो ।

सडक ब्यवस्थापन सहजको निम्ति बितिय संघसंस्था बैंकहरुसंग केही दिन अगाडी बिरगंज महानगरपालिका कार्यालयको सम्झौता आनुसार बितिय संघसंस्था बैंकले आप्mनो ग्राहकको निमित्त आफै पार्किङ्ग ब्यवस्थापन गर्नु पर्ने, पार्किङ्ग ब्यवस्था भएको बैंकले ग्राहक लाई आप्mनो पार्किङ्गमा सवारी पार्क गर्न गराउन समेत ब्यवस्थापन पक्षलाई अनुरोध गरिएको पर्सा ट्राफिकका प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिनु भएको थियो ।
ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीका अध्यक्ष प्रकाश खेतानले सो कार्य लाई निरन्तर जारी राखिने बताए ।
कार्यक्रममा अव्यवस्थित तरिकाले पार्किङ्ग गरी राखिएका गाडीहरुमा कारवाहीको लागि व्हीललक तथा सिकडी लगाइएको थियो ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, विभिन्न सामुदायिक सेवा केन्दका प्रतिनिधि, ग्रीनसिटीकै महिला प्रतिनिधि पिया सिंह, स्थानीय भद्रभलाद्मी, नगर प्रहरी लगायत सन्चारकर्मीको सहभागीता रहेको थियोे ।