प्रतिबन्धित भारतीय नोट सहित एक पक्राउ

5

संतोष रन्जितकार
वीरगञ्ज, ७ असोज ।
सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार गेट अगाडीबाट प्रतिबन्धीत भारतीय नोट सहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला पश्चिमी चम्पारण बेतिया मझौलीया थाना वाड नम्बर ३ छौरहिया बस्ने वर्ष ३६ को रविन्द्र यादव रहेका छन ।
भन्सार अगाडी नियमीत डिउटीमा रहेको सशस्त्र प्रहरीको टोलीले उनको साथ बाट १ लाख ३० हजार भारतीय नोट बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो । यादवले नेपालमा प्रतिबन्ध लगाइएको भारतीय नोटहरु २ हजार दरका ३० थान र ५ सय दरका १४० थान नोट शरिर भित्र लुकाई छिपाई नेपाल बाट भारत तर्फ लगिरहेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक खत्रीले बताउनु भयो ।
प्रतिबन्धीत भारतीय नोट सहित यादवलाई थप आवश्यक कार्यवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।