संतोष रन्जितकार
वीरगंज, ७ असोज ।
सामाजिक सेवा दिवसको अवसरमा मंगलबार दोस्रो दिन पनि वीरगंजका केहि युवाहरु मिलेर ट्राफिक ब्यवस्थापनमा सहयोग गरेका छन । बढदो ट्राफिक समस्यालाइ ध्यानमा राखी पर्सा ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक बिनय अर्यालको नेतृत्वमा साझ ६ बजे देखि ८ बजे सम्म बिरगंजको घण्टाघर देखि माइस्थान सम्मको ट्राफिक ब्यवस्थापन मिलाउने कार्य आज दास्रो दिन पनि जारी रहेको छ ।
सो ट्राफिक व्यवस्थापन कार्यमा वीरगंजका १५ जना युवा तथा ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।सो कार्र्यमा रेडक्रसका राजन श्रीवास्तव, मानवसेवा आश्रमका देवेस गुप्ता, बिक्की सरार्फ, आशिष गुप्ता, मनोज यादव, आकाश माली, दिलिप साह, श्याम सर्राफ लगायतका युवाहरुको सहभागीता रहेको थियो ।