संतोष रन्जितकार
वीरगंज, ६ असोज ।
वीरगंजको बरनवाल धर्मशालामा सोमबार मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सो पत्रकार सम्मेलनमा घाइतेहरुले आफुमा भएको दुःखको पीडा पोख्दै प्रदेश सरकारले हामीहरुको अवहेलना गरेको आरोप लगाएका थिए । मधेश आन्दोलनका शहिद परिवार र घाइतेहरुले मधेशी दल र प्रदेश नं. २ को सरकार विरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
भेला भएका पर्सा, बारा, रौतहट र सर्लाहीका शहिद परिवार र घाइतेहरुले सो सम्मेलनमा मधेश आन्दोलनको मुद्दा समेत सम्बोधन नभएको गुनासो पोखेका थिए । मधेश आन्दोलनको मधेशी नेताहरुले सर्वसFधारणलाई उस्काई सडकमा गोली खान उतारेको र त्यही नेताहरु सत्तामा पुगेपछि शहिदका परिवार र घाइतेहरुलाई ५० लाख दिन्छौ भनेर घोषणा समेत गरेका थिए तर सत्तामा पुगेपछि नेताहरुले आफ्नो वाचा बिर्सिएको पीडितहरुको गुनासो रहेको थियो । शहिद परिवारलाई १० लाख र घाइतेहरुलाई ३ लाख रुपैया मात्रै दिएका छन् । अहिले ती नेताहरुले भाषणको बेला दिने भनिएको ५० लाखको कुरा सुन्न समेत नचाहेका पीडितहरुले बताए । मधेशी दलका नेताहरुले ५० लाख दिन्छु भनेर हामीलाई आश्वासन दिएर अहिले ४ किलो दुध दिने भैसी दिएर कुरा टाल्न खोजेको आरोप लगाएका थिए । रोजगारीको निमित्त प्रदेश सरकारबाट सिफरिस भएका नियुक्ती पत्र लिई स्वास्थ्य चौकी धाइरहंदा पनि कहाँबाट पाउने हो भनी विभिन्न पालिका धाईरहनु परेको शहिद परिवारका मुकेश कुमार चौरसिया र उनको दाई पृथ्वी नारायण चौरसियाले गुनासो गरेका थिए ।