सामाजिक सेवा दिवसको अवसरमा युवाहरुद्वारा ट्राफिक व्यवस्थापनमा सहयोग

25

संतोष रन्जितकार
वीरगंज, ६ असोज ।
सामाजिक सेवा दिवसको अवसरमा बिरगंजका केहि युवाहरु मिलेर ट्राफिक ब्यवस्थापनमा सहयोग गरेका छन । बढदो ट्राफिक समस्यालाइ ध्यानमा राखी भर्खरै नेपाल सरकारबाट राष्ट्रिय युवा प्रतिभा पुरस्कारद्वारा सम्मानित समाजसेवी राजन श्रीवास्तव र जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजकुमार सिंहको समन्वयमा साझ ६ बजे देखि ८ बजे सम्म बिरगंजको घणटघर देखि माइस्थान सम्मको ट्राफिक ब्यवस्थापन मिलाउने कार्य गरि सामाजिक सेवा दिवस मनाइएको थियोे ।

सो ट्राफिक व्यवस्थापन कार्यमा वीरगंजका १५ जना युवायुवती तथा ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।
सो कार्र्यमा मानवसेवा आश्रमका देवेस गुप्ता, करण यादव, राजु पटेल, श्याम सरार्फ, कलमेस कुशवाहा, सुशिला पौडेल, अपेक्षा ढकाल, बिजेता सुबेदी, सुसान्त कार्की लगायतको सहभागीता रहेको थियो ।
त्यसैगरी समाजिक सेवा दिवसको उपल्क्ष्यमा कारागारमा रहेका बालबालिका र विद्यालयका स–साना तथा गरिब र असहाय बालबालिकाहरुलाई राहत वितरण गरिएको थियो ।

समता बिधालयका प्र.अ. श्रीमती अनामिका मिश्राको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिका विर्ता कारागारका डि.एस.पि. श्री सरोज सिंह खड्का रहनु भएका थिए ।
कार्यक्रममा समता विद्यालयका गरिब र असहाय र कारागारमा रहेका १०० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खाद्यान्न सामग्री वितरण गरिएको थियो । कार्यक्रममा कारागारका स.ई. श्री अरूण कुमार सिंह, सगरमाथा एकेडेमी बिधालयका संचालक एवं प्र.अ. श्री जियालाल गुप्ता, शिक्षक बिनय जैसवाल, शिक्षिका जानुका चौलागाई र सगरमाथा विद्यालयका विद्यार्थीहरु लगायत संचारकर्मीको सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजिकरण कारागारकै प्रहरी श्री दिपक यादवले गरेका थिए ।