चेली कृषी सहकारी संस्थाद्वारा आयोजित ३ दिने तालिम सम्पन्न

संतोष रन्जितकार
वीरगंज, ८ असोज ।
चेली कृषि सहकारी संस्थाले आफन्त नेपालको सहयोगमा आयोजना गरेको तीन दिने तालिम बुधबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कमला घिमिरेको अध्यक्षतामा सो तालिम सम्पन्न भएको हो ।
सो समापन समारोहलाई सम्बोधन गर्दै बीरगंज महानगरपालिका वडा नं १६ का वडाध्यक्ष श्यामबाबु चौरसियाले गत आर्थिक वर्षको बजेट सडक पूर्वाधारमा खर्च भएको बताउदै यस आर्थिक वर्षमा महिलाहरुको सीप बिकासकालागि बजेट ब्यवस्था गर्ने बचन दिए ।

उनले महिलाहरुको लागि के गर्न सकिन्छ प्रस्ताव लिएर आउन आग्रह गर्दै आफूले सक्दो सहयोग गर्ने बताए । उनले सहभागिहरुलाई प्रमाण–पत्र समेत बितरण गरेका थिए ।
सो समापन समारोहमा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न अपिल गरे ।


कार्यक्रममा पत्रकार कविता खड्का, आफन्त नेपाल पर्साका संयोजक तारा सापकोटा, समाजसेवी राजकुमार घिमिरे लगायतको सहभागिता रहेको थियो । नानु कार्कीले संचालन गर्नु भएको कार्यक्रमको स्वागत मन्तब्य सरस्वती लामाले गरेकी थिइन् । तीन दिन सम्म संचालन भएको तालिममा चेली कृषि सहकारी संस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो । तीन दिन तालिममा भएको सिकाई र अभ्यासका आधारमा समापन समारोह प्रशिक्षार्थीहरुले संचालन गरेका थिए ।

Get real time updates directly on you device, subscribe now.