नक्कली लाईसेन्स बनाउने दुई पक्राउ

10

संतोष रन्जितकार
वीरगंज, ९ असोज ।
नक्कली लाइसेन्स बनाउने दुई गिरोह पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा विरगंज महानगरपालिका वडा नं.११ श्रीपुर बस्ने वासुदेव राउत कुर्मीको छोरा वर्ष ५० को मोहनलाल राउत कुर्मी र सोही ठाउँ बस्ने रामबहादुर भण्डारीको छोरा वर्ष ४० को घनश्याम भण्डारीलाई नक्कली लाइसेन्स बनाएको आरोपमा पक्राउ गरिएको हो ।
जिल्ला बारा कोल्हवी नगरपालिका वडा नं. ४ प्रगति नगर बस्ने किशोर चौधरीको छोरा वर्ष २१ को रमेश चौधरीको वर्ग बी को नक्कली सवारी चालक अनुमति पत्र बनाएको आरोपमा उनीहरुलाई मिति २०७६।०६।०८ गते बेलुकाको समयमा वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको प्रहरी टोलीले नक्कली सवारी चालक अनुमति पत्र बनाउन प्रयोग गरिएको कागजातहरु सहित पक्राउ गरिएको थियो । पक्राउ परेका कुर्मी र भण्डारीमाथि थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।