वर्तमान सरकारले सबै संबैधानिक निकायलाई आफ्नो नियन्त्रणमा लिन खोजेको छ ः नेता केसी

13

संतोष रन्जितकार
वीरगंज, ८ असोज ।
वर्तमान सरकारले सबै संबैधानिक निकायलाई आफ्नो नियन्त्रणमा लिन खोजेको नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा, अख्तियार र न्यायालयलाई हस्तक्षेप गरी नियन्त्रणमा लिन खोजेको आरोप समेत लगाएका हुन ।
प्रेस युनियन पर्साले बुधबार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले बढदै गएको भ्रष्टचारको संरक्षक प्रधानमन्त्री ओली नै भएको आरोप लगाएका थिए । उनले भने ‘संबैधानीक संस्था लोकतन्त्रका मेरुदण्ड भए पनि त्यसलाई निगरानी गरी प्रधानमन्त्री ओलीले नियन्त्रण गर्न खोजेका छन’ । सरकारले निरन्कुश शैली अपनाएको वताउदै उनले देशमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचार मौलाएको बताएका हुन । उनले भने महंगी र मुल्य वृद्धिले चरम सिमा नाघेको छ, तर सरकार झूठो अश्वासन र सपना बाड्न मै व्यस्त भएको देखिएको छ । समग्र रुपमा भन्दा भ्रष्टाचार, हिंसा र बलात्कारको दलदलमा देश फसेको छ । वर्तमान सरकारसंग हिम्मत छ भने निष्पक्ष रुपमा भ्रष्टचारीहरुलाई कारवाही गरेर देखाउन चेतावनी समेत दिएका थिए ।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत वीरगंज आएका नेता केसीले कांग्रेस भित्र कै कार्यकर्ताहरुलाई चेतना अभिवृद्धि गर्न तथा महंगी, अराजकता विरुद्ध लाग्न समेत जागरण अभियान चलाइएको वताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य र पूर्व मन्त्री समेत रहेका नेता केसीले लोकतन्त्र र निरन्कुशताको लडाईमा सबैलाई लाग्न आग्रह गरे ।
राजतन्त्र र हिन्दुराष्ट्र सम्बन्धी पत्रकारहरुको जिज्ञासा मेटाउदै नेता केसीले संघिय लोकतान्त्रिक गणतन्त्र कांग्रेसको प्रतिबद्धताबाट आएकोले यसलाई प्रभाव पार्ने कुनै काम कांग्रेस नगर्ने बताए ।
प्रेस युनियन पर्साका उपाध्यक्ष विजय चौहानको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रय सदस्य अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, वीरगंज महानगरपालिकाकी उप–प्रमुख शान्ति कार्की, जिल्ला समिति पर्साका सचिव किशोरी साह, श्याम पटेल, महाधिबेशन प्रतिनिधि राजनाथ ठाकुर, असर्फी साह लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन मुकेश यादवले गरेका थिए ।