सांसद यादवद्वारा आप्mनो तलबबाट विद्यालयलाई पंखा सहयोग

19

वीरगंज, ९ असोज ।
समाजवादी पार्टी नेपालका नेता तथा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले आप्mनो तलब भत्ताबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवालाई १५ थान पंखा सहयोग गरेका छन् ।
शैक्षिक मेलाको बेला स्कुलमा प्रमुख अतिथिकै रुपमा पुगेका सांसद यादवले बस्तु स्तिथि देखेपछि मंचबाटै स्कुलका बालबालिकाका लागि पंखा सहयोग गर्ने घोषणा गरेअनुसार उनले पंखा सहयोग गरेका हुन् ।

सांसद यादव वीरगंजमा नरहेकोले समाजवादी पार्टीका पर्सा जिल्ला सदस्य सुन्दरकुर्मीको नेतृत्वमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम मिश्रालाई १५ थान पंखा हस्तनान्तरण गरेको सांसद यादवका स्वकिय सचिव निखिल वर्णवालले बताए ।
कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अरुण यादव, शिक्षकहरु जय साह, मनोज चौरसिया, विजय चौरसिया, पदमा पौडेल व्यवस्थापन सदस्य मनदिस राउत अहिर, अब्दुल मियाँ लागायतको उपस्थिति रहेको थियो ।