संतोष रन्जितकार
वीरगंज, ९ असोज ।
वडा प्रहरी कार्यालय बिर्ताले बिहिबार सामाजिक कुरिती विरुद्ध अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “पहल” नामक सामाजिक संस्थाको सहयोगमा आयोजित सो अन्तरक्रिया कार्यक्रम वडा प्रहरी कार्यालय विर्ताको प्राङ्गणमा सम्पन्न भएको हो ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुको अध्यक्षतामा “सामाजिक कुरीतिविरुद्धको अभियानका लागी पुर्व तयारी तथा अन्तरकृया“ नामक कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा सरोकारवाला संघ संस्था लगायत नागरिक समाजसंग सामाजिक कुरीतिविरुद्धको अभियानका लागी आगामी दिनहरुमा कसरी अघि बढ्ने भन्ने विषयमा अन्तरकृया तथा छलफल गरीएको थियो । सो छलफलमा सम्पुर्ण सहभागिहरुले आ–आप्mनो तर्कहरु राखेका थिए । छलफलमा शिक्षा क्षेत्रमा भएका हिंसा तथा अपराध, घरेलु हिंसा, लागुऔषध तथा मादक पदार्थको प्रयोगबाट हुने अपराध, घरेलु मदिरा, ट्राफिक नियमको उल्लंघनबाट सिर्जना हुने अपराधहरु लगायतको विषयमा छलफल तथा अन्तरकृया भएको थियो ।
कार्यक्रममा सहभागिहरुले समुदाय र प्रहरी एक अर्काका अभिन्न अंग रहेको कुरा उल्लेख गर्दै समुदाय र प्रहरीको सहकार्यमा मात्र शान्त समाजको निर्माण गर्न सकिने कुरा उल्लेख गरेका थिए । कार्यक्रममा सम्पुर्ण सहभागिहरुले समाजमा हुने कुरीति विरुद्धको अभियानका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, पहल संस्थाका अध्यक्ष दिलिप राज कार्की, प्याब्सनका पर्सा जिल्लाका सचिव छेदुप लामा, बिरगञ्ज नर्सिङ्ग क्याम्पसका प्रमुख सुर्या कोइराला, माईती नेपालकी बिरगञ्ज संयोजक संगिता पुरी, होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरी पन्त, निजी तथा सरकारी विध्यालयका बिध्यालय प्रमुख, बिरगञ्ज महानगरपालीका स्थित वडा नं. ३,४,५ र ८ का अध्यक्षहरु क्रमशः बैजु स्वर्णकार, जगत प्रसाद साह कानू, प्रदिप चौरसिया, राज किशोर गुप्ता, ग्रीनसिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतान, बिर्ता सामुदायिकका अध्यक्ष सालिकराम प्रसाद साह, मिनाबजार सामुदायिकका अध्यक्ष बिदुर गुप्ता, पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का, सामाजिक अभियन्ता प्रकाश थारु, विध्यार्थी नेताहरु निखिल स्कवर्णकार, मनोज साह, समाजसेवी, बुद्धिजिवी लगायत वडा प्रहरी कार्यालय विर्ता मातहतका सम्पुर्ण सरोकारवालाहरुको सहभागिता रहेको थियो ।