Home समाचार उपभोक्ता हित संरक्षण मंच वीरगंजले दर्ता गराएको मुद्दामा अदालतद्वारा अन्तरीम आदेश जारी

उपभोक्ता हित संरक्षण मंच वीरगंजले दर्ता गराएको मुद्दामा अदालतद्वारा अन्तरीम आदेश जारी

by अंकुश दैनिक
2 views

संतोष रन्जितकार
वीरगंज, १० असोज ।
उपभोक्ता हित संरक्षण मंच वीरगंजका नगर अध्यक्षले वीरगंज महानगरपालिका विरुद्ध दर्ता गराएको मुद्दामा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले अन्तरिम आदेश जारी गरिदिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च वीरगंजका नगर अध्यक्ष अजित कुमार भुजेलले वीरगंज महानगरपालिका भित्र अव्यवस्थित माछा मासु बिक्री बितरणलाई व्यवस्थित रुपले बिक्री बितरण गर्नु पर्ने जिम्मेवार निकायलाई बारम्बार ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउदै आईरहेकोमा सोको बारेमा केहि सुनवाई नभएकोले बाध्य भएर वीरगंज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, बाणिज्य कार्यालय वीरगंज र माछा मासु व्यवसायी संघ पर्सा बिरगंज विरुद्ध भदौ २२ गते जनकपुर उच्च अदालत अस्थायी इजलास वीरगंजमा मुद्दा दर्ता गरि विपक्षीको नाममा परमादेश जारी गर्न गराउनको लागी दिएको मुद्दा उपर आज असोज १० गते शुक्रबार बहस हुदा माननीय न्यायाधीश श्री भिम कुमार ओझा र माननिय न्यायाधीश श्री राजेन्द्र सुबेदीको संयुक्त ईजलासबाट नेपालको संविधानको धारा ३०, ३५, र ४४ बमोजिम प्रत्येक नागरिकलाई स्वच्छ वातावरण, स्वास्थ्य सम्बन्धि र गुणस्तरिय वस्तु तथा सेवा प्राप्त गर्ने मौलिक हक रहेको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (झ) तथा (ञ)ले आधारभुत स्वास्थ्य र सरसफाई एवं स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण समेतको काम कर्तव्य र अधिकार महानगरपालिकालाई हुने गरि तोकेको सन्दर्भमा सम्बन्धित निकायहरु समेतसंग समन्वय गरि नगर क्षेत्रलाई व्यवस्थित गर्नु गराउनु पर्ने कर्तव्य महानगरपालिकाको हुनेमा बिवाद नरहेको र उक्त कर्तव्य पालनामा उदासिन रहेको भनि प्रस्तुत निवेदन पर्न आएकोले विपक्षीको नाममा पशुपन्छीको सार्वजनिक बाटोघाटोमा खुल्ला रुपले बध गर्न गराउने तथा बिक्री बितरण गर्ने गराउने कार्यलाई रोक्न लगाउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरीम आदेश जारी गरेको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.