संतोष रन्जितकार
वीरगंज, १० असोज ।
सामाजिक सेवा दिवसको अवसरमा शुक्रबार पाँचौ दिन पनि वीरगंजका केहि युवाहरु मिलेर ट्राफिक ब्यवस्थापनमा सहयोग गरेका छन ।
बढदो ट्राफिक समस्यालाइ ध्यानमा राखी जिल्ला प्रहरी कार्यालय पर्साका नायब उपरिक्षक गौतम थापाको नेतृत्वमा साझ ७ बजे देखि ८ बजे सम्म बिरगंजको घण्टाघर देखि माइस्थान सम्मको ट्राफिक ब्यवस्थापन मिलाउने कार्यमा युवाहरुले सहयोग गरेका हुन् । सो ट्राफिक व्यवस्थापन कार्यमा वीरगंजका केही युवा तथा प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको थियो । सो कार्यक्रममा पर्सा ट्राफिकका प्रहरी निरिक्षक राजकुमार सिंह, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्रबहादुर मल्ल, लक्ष्मण गिरी, रेडक्रसका राजन श्रीवास्तव, बिक्की सरार्फ, आशिष गुप्ता, मनोज यादव लगायतका युवाहरु र संचारकर्मीको सहभागीता रहेको थियो ।