विश्व पर्यटन दिवसको अवसर पारी नेपाल युवा परिषद पर्साद्धारा गहवामाई मन्दिरमा सरसफाई

42

संतोष रन्जितकार
वीरगंज १० असोज ।
नेपाल युवा परिषद् पर्साले शुक्रवार वीरगंज माईस्थानमा रहेको गहवामाई मन्दिर परिसरको सरसफाई गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा नेपाल युवा परिषदको केन्द्रिय कार्यक्रम अनुसार पर्सा जिल्लाको गहवामाई मन्दिर परिसर सरसफाई गरेको हो ।
सरसफाई कार्यक्रममा वक्ताहरुले सरसफाईको लागि सबैले आ–आप्mनो घरबाटै सरसफाईको शुभारम्भ गर्नु पर्नेमा जोड दिएका थिए । हप्तामा कम्तिमा एक पटक (शनिवार) को दिन आप्mनो घर, टोल, समाजमा रहेको फोहोरहरुलाई सरसफाई गरियो भने विभिन्न रोगहरुबाट बच्न सकिने बताएका थिए । त्यसैगरी वर्तमान अवस्थामा झन डेङ्गुको प्रकोप बढेकोले सरसफाई गर्न आवश्यक रहेको वक्ताहरुले बताए ।

पर्सा लगायत नेपाल खुल्ला दिसामुक्त क्षेत्रमा सक्रियताका साथ लागेकोले चाडै नै नेपाल खुल्ला दिसामुक्त घोषणा हुन लागेको बताउदै सरसफाईमा पनि सबैले सक्रियताका साथ लागेमा स्वच्छ, सफा जिल्ला बनाउन समय नलाग्ने बताए । नेपाल युवा परिषद् पर्साका अध्यक्ष श्रवण प्रसाद साहको अध्यक्षता भएको कार्यक्रममा सामाजिक अभियनता प्रकाश थारु, सरसफाई अभियन्ता बिरेन्द्र कुमार साह, आरती घिमिरे, सत्यम पब्लिक कलेजका डाईरेक्टर अजय यादव लगायतले सरसफाईका बारेमा आ–आप्mना धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरगंज महानगरका अध्यक्ष एवं युवा नेता रहबर अंसारी, होटल व्यवसायी संघ प्रदेश नं. २ का सचिव एवं होटल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलम, भिजिट मधेसका ओमप्रकाश सर्राफ, नेपाल पोष्ट डेलीका प्रकाशक मनोज पटेल, युवालयका जया साह, नेपाल युवा परिषद्का सचिव अजय कुमार चौरसिया, नेपाल युवा परिषद्का एस.एम. जहाँगस्त, दिपु वर्णवाल, दिपेन्द्र गिरी, सत्यम पब्लिक कलेजका विद्यार्थीहरु, डिभिजन बन कार्यालय पर्सा, होटल अमान पैलेस, स्थानिय भद्रभलामदी लगायतको समुहले माईस्थान मन्दिर परिसर, माईस्थान पार्क लगायतका स्थानमा सरसफाई गरेका थिए ।