विश्व पर्यटन दिवसको अवसरमा फ्रान्सेली नागरिकलाई फुलमाला लगाई नेपाल प्रवेश

17

संतोष रन्जितकार
वीरगंज,१० असोज ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले शुक्रबार वीरगंजमा विविध कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाएको छ । भिजिट मधेस नेपालको सहकार्यमा वीरगंज महानगरपालिकाले आयोजना गरेको विहानको प्रभातफेरी मितेरी पुल नजिकको शंकारचार्य गेटमा गएर समापन भएको थियो । आदर्शनगरबाट निकालिएको प्रभातफेरीमा वीरगंजका मेयर विजयकुमार सरावगी, उपमेयर शान्ति कार्की, होटल व्यवासायी तथा समाजिक संस्थाका अगुवाहरु लगायतको सहभागिता रहेको थियो । सोही अवसरमा नेपाल प्रबेश गरेका प्रथम बिदेशी पर्यटक फ्रान्सेली नागरिक ओलिभर डि लिभर्टलाई टिका तथा फूलमाला लगाई स्वागत गरी वीरगंज प्रवेश गराइएको थियो ।

फ्रान्सबाट भारत हुदै उनी नेपाल आएका थिए । ओलिभरलाई वीरगंजका होटल व्यवसायीले निःशुल्क रुपमा खाना र वासको व्यवस्था मिलाएका होटल व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले जनाएका छन् ।