वीरगंजको मेनरोड फराकिलो नबनाउने नेताहरु विरुद्ध युवाहरुको बैठक

24

संतोष रन्जितकार
बीरगंज, १० असोज ।
वीरगंजको मेनरोड २५/२५ मिटर फराकिलो नबाउने डेलिगेसन गएका नेताहरुको बिरुद्ध शुक्रबार युवाहरु बैठक बसेका छन । त्रिभुवन राजमार्ग अन्र्तगत मकवानपुरदेखी वीरगंजको शंकराचार्य गेट सम्मको सडक फराकिलो नबाउने तर्फ लागेका नेताहरुको बिरुद्ध भेला भएका वीरगंजका युवाहरु युवा संघर्ष समिति गठन गर्ने समेत निर्णय गरेका छन ।
युवाहरुको जमातले बीरगंजको बिकासका निम्ति विकास विरोधीहरुको बिरोध गर्न युवा बिकास संघर्ष समिति गठन गर्ने निर्णय गरेको वीरगंज मुर्लीका युवा अकलेश साहले बताए । नेकपा, कांग्रेस र राजपा पर्साका केही नेताहरुको टोली केही दिन पहिला भौतिक पुर्वाधार तथा यातायात मन्त्रि रघुविर महासेठ कहा सडक फराकिलो नगर्न डेलिगेसन गएपछि बीरगंजका युवाहरु आक्रोशित भएका छन ।
बैठकले सबै युवाहरुलाई समेटेर सक्रिय रुपमा बिकासतर्फ अग्रसर बनाउने, बिकास बिरोधीहरुको बिरोध तथा भण्डाफोर गर्ने, बीरगंजलाई प्रदेश राजधानी बनाउन संघर्ष गर्ने र नारायणी रंगशालालाई प्रदेश स्तरीय रंगशाला बनाउन संघर्ष गर्ने लगायतका निर्णयहरु समेत गरेका छन् ।
युवाहरुले वीरगंजको सडक फराकिलो नगर्न तर्फ लागेकाहरुको बिरुद्ध बिरोध प्रदर्शन गर्ने समेत तयारी गरेका छन ।
बैठकमा महम्मद निजामुदिन, अकलेश साह, महमुद अन्सारी, बिकेश पटेल, लालबाबु यादब, सन्दिप साह, शंभु साह, रामबाबु मण्डल, बाबुनन्द पटेल, रोशन सर्राफ लगायतको सहभागिता रहेको थियो ।