डेंगु सम्बन्धि जनचेतना जगाउन घरदैलो कार्यक्रम

10

संतोष रन्जितकार
वीरगंज, ११ असोज ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी र वडा नं. ५ समितिको संयुक्त आयोजनामा डेंगु सम्बन्धि जनचेतना जगाउन घरदैलो कार्यक्रम शनिबार सम्पन्न भएको छ । सो कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीका अध्यक्ष रमेश चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरिक्षक बिजय शाही रहेका थिए ।

कार्यक्रममा वीरगंजको जेल रोड, कुम्हालटोल, रेशमकोठीमा डेंगु लाग्नबाट कसरी बच्न सकिन्छ भन्ने सम्बन्धमा घरदैलो कार्यक्रम तथा पम्पलेट समेत वितरण गरिएको थियो ।

कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा सामुदायिक सेवा केन्द्रका संरक्षक प्रदिप चौरसिया, सियाराम नेपाली, श्रवण रायमाझी, ज्ञानुमाया रायमाझी, भवानी घिमिरे, मनोज साह, मुन्ना सर्राफ, मनोज मिश्रा, सामुदायिकका प्रहरी जवान कुमार विक, सुनिता विक लगायतको उपस्थिती रहेको थियो ।