बेटी पढाउ बेटी बेचाउ अभियान अन्तरगत साइकल वितरण

6

वीरगंज, ११ असोज ।
मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउँ अभियान अन्तरगत धोबिनी गाउँपालिकामा छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
धोबिनी गाउँपालिकाको वडा नं. ५ स्थित श्री अजिज माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई एक कार्यक्रमका बीच प्रदेश सभासद सिहासन साह कलवारले ३८ थान साईकल वितरण गरेका हुन् । सो समारोहमा प्रदेश सदस्य मदन चौहान, समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, जिल्ला सदस्य पन्नालाल साह, सरीफ गद्दी, मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक महम्मद सलाउद्दिन लगायतकाहरुको उपस्थिती रहेको थियो ।