१३ औ विश्व रेबिज दिवसको अवसरमा जनचेतनामूलक ¥याली

22

संतोष रन्जितकार
वीरगंज, ११ असोज ।
१३ औं विश्व रेविज दिवस वीरगंजमा भव्य रुपमा मनाइएको छ । वीरगंजमा १३ औं विश्व रेविज दिवसको अवसरमा शनिबार जनचेतनामूलक ¥याली निकालिएको हो । वीरगंज महानगरपालिकाको कार्यालय, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला जनकपुरको सहयोगमा र एशोसियसन अफ भेटेरिनरी प्राक्टिसनर पर्साको अयोजनामा निकालिएको ¥याली वीरगंजको घण्टाघरबाट सुरु भई माइस्थान, महाबिरस्थान, आदर्शनगर, अलखिया, विर्ता, घडिहर्वा हुदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।

एशोसियनस पर्साका अध्यक्ष बैजुलाल गुप्ताको अध्यक्षतामा र वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीको प्रमुख आतिथ्यतामा सो ¥याली निकालिएको थियो ।
¥यालीमा खोप लगाऔं, रेविज उन्मुलन गरौं, रेविज रोगबाट बाच्न भेक्सीन प्रयोग गरौं, पशुपंक्षीलाई रोग विरुद्ध खोप लगाऔं, रोग लाग्न बाट बचाऔं लगायतका नाराहरु लेखिएको प्ले कार्ड समेत सहभागिहरुले बोकेका थिए ।
रेविज दिवस कै अवसरमा आइतबार देखी कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाउने कार्यक्रम पनि रहेको एशोसियसन पर्साका सह सचिव कमलेश गुप्ताले बताए ।