४ महिला सहित ४५ जनाले गरे रक्तदान

45

संतोष रन्जितकार
वीरगंज, ११ असोज ।
बिर्ता माई संरक्षण समितिद्वारा शनिबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ४ महिला सहित ४५ जनाले रक्तदान गरेका हुन् । बिर्ता मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रममा समितिका अध्यक्ष एवं वडा न.४ का वडा अध्यक्ष जगत प्रसाद साह कानुको अध्यक्षतामा र सिता हस्पिटल प्रा.लि. बिरगंजको सहयोगमा सम्पन्न भएको थियो ।

रक्तदान गर्नु हुनेमा जगत प्रसाद साह कानु, डा. दिलिप चौरसिया, बिरगंज युवा समाजका अध्यक्ष कमल चौलागाई, उमेश कुमार शर्मा, महिलाहरुमा महिला नेतृ अनिता रौनियार, निकिता थापा, प्रबिना राज भन्डारी, कोमल साह, नरेस साह, पंकज सिंह, गौरव सिंह लगायतकाले रक्तदान गरेका थिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र बिर्ताका अध्यक्ष सालिकराम प्रसाद साह कानु, रक्त सन्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डे, सन्चारकर्मी अजित कुमार भुजेल, वीरगंज नर्सिङ्ग क्याम्पसका तुलसी गुप्ता, प्रिया साह, रक्त सन्चारकेन्द्र वीरगंजका बिकास बर्णवाल, दिनेश पन्डित, सुनिल पटेल लगायतको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/