चैबीस वर्षदेखी फरार ज्यानमुद्धाका दोषी पक्राउ

24

संतोष रन्जितकार
बीरगंज १२ असोज ।
पर्सा प्रहरीले ज्यान मुद्धाका फरार अपराधीलाई पक्राउ गरेर अदालतमा बुझाएको छ । २४ वर्ष देखी फरार रहेका ज्यान मार्ने उधोगमा सजाय सुनाइएका बीरगंज १२ मूर्लीका ४९ वर्षिय समिम अख्तरलाई प्रहरीले शनीवार राती साढे १० बजे उनको मुर्ली स्थित घर छेउबाट पक्राउ गरेको हो ।
चिनवा भनेर चिनिने अख्तर २५ वर्षको उमेरमै अपराध कर्ममा लागेका थिए । ज्यान मार्ने उद्योगमा सजाय सुनाइएका अख्तर लुकीछिपी बस्दै आएका थिए । अदालतले दोषी करार गरेका फरार अपराधी अख्तर २४ वर्षपछि पक्राउ परेका हुन । अंसारीलाई सर्वोच्च अदालतको २०५२ जेठ २५ गतेको फैसलाले ज्यान मार्ने उद्योगमा ४ वर्ष ११ महिना १० दिन सजाय सुनाएको थियो । पक्राउ परेका अंसारीलाई अदालत बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अन्नत राम शर्माले जानकारी दिए ।