छाडा भुस्याहा कुकुरहरुलाई रेबिज लगाउने अभियान सञ्चालन

35

संतोष रन्जितकार
वीरगंज, १३ असोज ।
१३ औं विश्व रेबिज दिवसको अवसरमा सोमबार भुस्याहा छाडा कुकुरहरुलाई रेबिज खोप लगाइएको छ । वीरगंज महानगरपालिकाको सहयोग र एशोसिएसन अफ भेटनेरी प्राक्टीस्नर पर्साले सो भुस्याहा छाडा कुकुरहरुलाई रेबिज खोप लगाएको हो । सो अभियानमा ५०० जना छाडा भुस्याहा कुकुरहरुलाई रेबिज खोप लगाउने लक्ष्य राखेको सो अभियानका डा. दिनेश तिवारीले बताउनु भयो । अभियान अन्तर्गत वीरगंजको राधेमाई टोल, पावरहाउस चौक, मुर्ली चौक, घण्टाघर, माईस्थान, घडीअर्वा पोखरी लगायत वीरगंजको विभिन्न स्थानहरुका छाडा भुस्याहा कुकुरहरुलाई नियन्त्रणमा लिएर रेबिज खोप लगाइने बताइएको छ । अभियान अन्तर्गत सोमबार वीरगंजको विभिन्न स्थानको ५६ वटा छाडा कुकुरहरुलाई रेबिज खोप लगाइएको डा. तिवारीले जानकारी दिनुभयो ।
अभियानमा ललन साह, राहुल कुमार गुप्ता, रन्जित यादव, खेमराज पटेल, मुनेस कुमार गुप्ता लगायतको सहभागिता रहेको थियो ।