छोहडा सहित एक भारतीय युवक पक्राउ

22

संतोष रन्जितकार
वीरगंज, १३ असोज ।
पर्सा प्रहरीले छोहडा सहित एक भारतिय युवकलाई पक्राउ गरेको छ । भारत बिहार पन्टोका बस्ने बर्ष १८ को लालु पासवानालाई नेपालबाट भारत तर्फ छोहडा लगिरहेको अवस्थामा वीरगंजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरापलिकाको वडा नं. १० आदर्शनगर स्थितबाट आइतबार दिउसो २ः३० बजे ६० किलो छोहडा सहित पासवानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अगाडी बढाएको प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै पर्सा प्रहरीले भंसार छलीको कपडा समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भंसारी छली गरी अवैध तरिकाले नेपाल भित्र्याइरहेको ३२ पिस कुर्ता सुरुवालको कपडा बरामद गरेको हो ।
वीरगंजको छपकैयाबाट आइतबार बरामद भएको कपडा जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।