देशमा राजनीतिक स्थायीत्व भएकोले अब जनताले अनुभूति गर्ने खालको विकासको कार्यक्रम हुनुपर्छ ः अध्यक्ष कंडेल

37

संतोष रन्जितकार
वीरगंज,११ असोज ।
वीरगंजको कृषि, शिक्षा र स्वास्थ्यको विषयमा निजी क्षेत्र गम्भीर बन्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
एबीसी न्यूज टेलिभिजनको ११ औ वार्षिक उत्सवको अवसरमा उनीहरुले यस्तो बताएका हुन् । मुलुकमा राजनीतिक स्थायीत्व भएकोले अब विकासको कार्यक्रम जनताले अनुभूति गर्ने खालको हुनुपर्ने एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कंडेलले बताउनुभयो । न्यूज टेलिभिजनले जनताको हकहित र अधिकारको लागी प्रतिबद्ध रहेको जनाउनुभयो ।
वीरगंज आर्थिक जोनको रुपमा भएपनि यस क्षेत्रको कृषि शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार नभएको उनीहरुले बताएका छन् । सुक्खा बन्दगाहको रुपले चिनिने वीरगंजमा धेरै उद्योगधन्धा भएपनि लाखौ युवा विदेशमा पसिना बगाउन बाध्य छन् । स्वास्थ्य सेवाको अवस्थामा दयनीय भएकोले राज्यले सम्बोधन गर्नुपर्ने नेकपाका वीरगंज महानगरपालिकाका नगर अध्यक्ष रहबर अन्सारीले बताउनु भयो । देशको विकासको लागि शिक्षा स्वस्थ्य अनिवार्य रहेकोमा यसको विकास महत्वपुर्ण रहेको सुबोध गुप्ताले बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भएको विचौलीयाको अन्त्य गर्नु पर्ने र अयात भन्दा निर्यात बढाउनु पर्ने बताउनु भयो । चुनावका बेला मात्र बाटो स्कुल बनाउँछौ भन्दा पनि कुन पार्टीले के गर्यो भन्ने कुरा जनताले थाहा पाउनु पर्ने बताउनुभयो । नेपालकै प्रमुख प्रवेशद्वारको नामले प्रख्यात रहेको र विरगंजबाट नेपालको ५८ प्रतिशत राजश्व संकलन र ६५ प्रतिशत व्यवसाय कारोबार गर्ने आर्थिक नाका पनि हो । सो कार्यक्रमको संचालन एबीसी टेलिभिजन प्रदेश नम्बर २ का ब्युरो प्रमुख शेखर छतकुलीले गरेका थिए ।