नंगपालिस कारखानामा आगलागी

10

वीरगंज, १२ असोज ।
वीरगंज महानगरपालिकाको वडा नं. ९ रानिघाटमा आइतबार सांझ आगलगी भएको छ । स्थानिय इश्वर साह तुराहाको नङपालिस कारखानामा भएको आलगगीमा ४ लाख बराबरको मालसामान क्षति भएको तथा मानविय क्षति नभएको प्रहरीले जनाएको छ । स्र्टसर्किट भएर लागेको आगलगीमा कारखानामा बनाएर राखिएको नंगपालिस लगायतका सामग्री जली ४ लाख भन्दा बढीको क्षति भएको पिडित तुराहाले बताए । वीरगंज महानगरपालिको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।