वीरगंज विकास युवा संघर्ष समितिद्वारा प्रजिअमार्फत मन्त्री महासेठलाई ज्ञापन

18

संतोष रन्जितकार
वीरगंज, १२ असोज ।
वीरगंज विकास युवा संघर्ष समितिले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ज्ञापन पत्र बुझाएको छ ।
वीरगंजको मुख्य सडक २५/२५ मिटर फराकिलो पार्ने निर्णय कार्यान्वयन गर्न माग राख्दै संघर्ष समितिले ज्ञापन–पत्र बुझाएको हो । मुख्य सडक नतोड्ने वीरगंजबाट गएको विभिन्न राजनितिक दलका नेताहरु सहितको जम्बो टोलीको करा नसुन्न पनि ज्ञापन पत्र मार्फत आग्रह गरिएको समितिका अकलेश साहले बताए ।
डेलिगेशन गएको टोली वीरगंजको बिकास बिरोधी भएको वीरगंजका युवाहरुले ठहर गर्दै सो बिरुद्ध वीरगंज विकास युवा संघर्ष समिति नै गठन गरी चरणवद्ध रुपमा आन्दोलनको कार्यक्रम सुरु गरेको उनले बताए । वीरगंज विकास संघर्ष समितिका युवाहरुले केही व्यक्तिको स्वार्थको लागि र केही नेताहरु वीरगंज विकासको बाधक देखिएकोले उनीहरुको भण्डाफोर गर्दै बिरगंजको सडक फराकिलो नभए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउन पुगेको टोलीमा संघर्ष समितिका रामबाबु मण्डल, अकलेश साह, संदिप बिक्रम साह, महमुद अंसारी, मोहम्मद जौवाद, दिपक पटेल, सम्सुल अंसारी, सागीर अंसारी, रंजीत चौरसिया, राकेश पटेल लगायतको सहभागिता रहेको थियो ।
वीरगंजको मुख्य सडक तोडन दबाव दिनको लागि शनिबार संघर्ष समितिका युवाहरु वीरगंजमा प्रदर्शन समेत गरेका थिए । यस अघि युवाहरु बैठक बसी वीरगंज विकास बाधकहरुको विरुद्ध संघर्ष गर्न समिति गठन गरी विभिन्न दबावको कार्यक्रम तय गरेका छन् ।

https://ankushdaily.com/