पर्यटन व्यवसायी महासंघको दोस्रो बैठक सम्पन्न, ७ सदस्यीय कमिटि गठन

19

संतोष रन्जितकार
वीरगन्ज, १४ असोज ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ को दोश्रो बैठक मंगलबार सम्पन्न भएको छ । महोत्तरीको होटल बर्दिवासमा सम्पन्न महासंघको दोश्रो पुर्ण बैठकले बिभिन्न निर्णयहरु गरेको छ । महासंघ प्रदेश नम्बर २ का अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारसंग सहकार्य गरी पर्यटन प्रवद्र्धनको अभियान चलाउने निर्णय गरेको छ । जस अनुरुप प्रदेश सरकारसंग सहकार्य गरी पर्यटन क्षेत्रमा पूर्वाधार निर्माणको लागी पहल गर्न ७ सदस्यीय कमिटी गठन गरिएको महासंघ प्रदेश नम्बर २ का सचिव तरबेज आलमले जानकारी दिनुभयो । बैठकमा महासंघका संस्थापक संरक्षक सल्लाहकारहरु युवराज लामा, विजय झुनझुनवाला र दिपकमान श्रेष्ठलाई प्रमाण पत्र प्रदान गरिएको थियो । सो ७ सदस्यीय कमिटिमा अध्यक्ष हिरालाल गौतम, संस्थापक संरक्षक सलाहकार युवराज लामा वरिष्ठ उपाध्यक्ष उदय नारायण सापकोटा, महासचिव मोहन शर्मा, सचिव तबरेज आलम र सहसचिव अशोक कुमार जलान रहनुभएको छ ।